INSEC Online

📅 २०८३ जेष्ठ २१

कारागारका आश्रित बालबालिकाको शिक्षाको मागसहित ध्यानाकर्षण

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को पहलमा गठन भएको जिल्लास्तरीय मानव अधिकार निगरानी समूह पाल्पाले पाल्पा कारागारमा रहेका आश्रित बालबालिकाहरूका लागि बाल कक्षा र बाल शिक्षकको ब्यवस्थापन गर्न मागसहित मङ्सिर २९ गते प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएको छ ।

पाल्पा कारागारमा कैद तोकिएका र नतोकिएका गरी ६७ जना महिला बन्दीहरू रहेका छन् र कारागारमा तीन जना बालक तथा चार जना बालिका आश्रित रूपमा बस्दै आएका छन् ।

बालबच्चाहरुलाई पढाउन राज्यको तर्फबाट कुनै पनि ब्यवस्था नहुँदा उनीहरूले कखरा सिक्न नपाएको भन्दै कारागारमा इसिडि कक्षा, बाल शिक्षक र बाल शिक्षा सामग्रीहरूको ब्यवस्थापन गर्न ध्यानाकर्षणपत्रमार्फत माग गरिएको छ ।

जिल्ला संयोजक भगवान भण्डारीद्वारा हस्ताक्षरित ध्यानाकर्षणपत्रमा यस्तो सम्वेदनशील विषयमा यथाशीघ्र निर्णय गरी कार्यान्वयन गर्न गराउनसमेत अनुरोध गरिएको छ ।

ध्यानाकर्षणपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले यो विषयमा जिल्ला शिक्षा कार्यालयसँग समन्वय गरी उनीहरूलाई पढ्ने व्यवस्था मिलाइने बताए । सो अवसरमा जिल्ला शिक्षा अधिकारी सङ्गीता रेग्मीले शिक्षा कार्यालयले यसबारे आगामी बैठकमा छलफल गरि इसिडी सञ्चालनका लागि पहल गर्ने बताइन् ।

photo20171215palpa (1) photo20171215palpa (1) photo20171215palpa (2)

यज्ञमूर्ति तिमिल्सिना

अन्य

भिडियो