अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा हरेका वर्ष प्रकाशन गरिने नेपाल मानव अधिकार वर्ष पुस्तकको नयाँ अङ्कका लागि सङ्कलित घटनाको प्रकाशन पूर्व छलफल गर्न हुम्लामा समीक्षा गरिएको छ ।
इन्सेक हुम्ला जिल्ला प्रतिनिधि नन्द सिंहका मङ्सिर २८ गते आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद वास्कोटाले आर्थिक तथा समाजिक अधिकारका घटनालाई पनि वर्ष पुस्तकमा उठान गर्नु पर्ने र अधिकार उल्लङ्घन तथा अपराधका घटनालाई छुट्याएर राख्नु पर्ने बताए ।

जिल्ला समन्वय समिति हुम्लाका उपप्रमुख खगेन्द्र कार्कीले भौगोलिक बनावटका कारण एक जना प्रतिनिधिले सबै घटना सङ्कलन गर्न नसक्ने बताए ।
राजनीतिक दलबाट भएका घटनाहरू राख्दा पार्टीको प्रतिनिधिको नाम राख्दा उचित नहुने भन्दै दलको नाम मात्रै उल्लेख गर्न जिल्ला प्रहरी कार्यालयका डिएसपी कमलप्रसाद नेपालले बताए । समीक्षामा जिल्ला प्रतिनिधिले २४ ओटा घटना प्रस्तुत गरेका थिए ।
इन्सेक क्षेत्रीय कार्यालय, नेपालगञ्ज