अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) क्षेत्रीय कार्यालय धनगढीको आयोजनामा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा खटिने पर्यवेक्षकलाई अभिमूखीकरण कार्यक्रम कात्तिक २७ गते धनगढीमा सम्पन्न भएको छ ।

अभिमुखिकरण कार्यक्रममा इन्सेक क्षेत्रीय कार्यालय धनगढीका संयोजक खडकराज जोशीले पर्यवेक्षकले स्वतन्त्र एवम् निष्पक्ष भई पर्यवेक्षक आचारसंहिताको पूर्ण पालना गरेर काम गर्नुपर्ने बताए ।
निर्वाचन आयोगले निर्धारण गरेको प्रक्रिया र मापदण्डमा रहेर पर्यवेक्षकले पर्यवेक्षण गर्नु पर्ने भन्दै पर्यवेक्षकको काम कर्तर्व्यको बारेमा इन्सेक केन्द्रिय कार्यालयका रमेशप्रसाद तिमल्सिनाले सहभागीहरूलाई जानकारी गराएका थिए ।
कार्यक्रममा कैलाली र कञ्चनपुरका २५ जना निर्वाचन पर्यवेक्षकको सहभागिता रहेको थियो । सहभागीहरुले पर्यवेक्षक अभिमुखिकरण कार्यक्रमबाट निर्वाचन पर्यवेक्षकका काम कर्तव्यको बारेमा राम्रो जानकारी पाएको बताए ।
रविना चौधरी