INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रहरीलाई मानव अधिकारसम्बन्धी अनुशिक्षण

इन्सेक कञ्चनपुर र वडा प्रहरी कार्यालय महेन्द्रनगरको संयुक्त आयोजनामा कात्तिक १९ गते वडा प्रहरी कार्यालय अन्तर्गतका प्रहरी पदिक र जुनियर अधिकृतहरुलाई वडा प्रहरी कार्यालय, महेन्द्रनगरमा मानव अधिकारसम्बन्धी अनुशिक्षण कायक्रम सम्पन्न गरिएको छ ।

प्रहरीहरूलाई आधारभुत मानव अधिकारका बारेमा जानकारी दिनका लागि मानव अधिकारसम्बन्धी अनुशिक्षण कार्यक्रमको आयोजना गरिएको वडा प्रहरी कार्यालयका प्रमुख टक्कर स्वारले वताए ।

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रमुख एसपी प्रकाशबहादुर चन्दले निर्वाचनको पुर्वसन्ध्यामा आयोजित मानव अधिकारसम्बन्धी अनुशिक्षण कार्यक्रमले मानव अधिकारको संरक्षण गर्नका लागि सहज वातावरण बनाउन प्रहरी कर्मचारीलाई सहयोग पुगेको बताए ।

अनुशिक्षण कार्यक्रममा मानव अधिकारको परिचय, मानव अधिकारका मान्यता र सिद्धान्त, मानव अधिकारको संरक्षणमा प्रहरीको भूमिकालगायतका विषयमा इन्सेक जिल्ला प्रतिनिधि कोमलनिरञ्जन भाटले सहजीकरण गरेको उनले जानकारी दिए । अनुशिक्षण कार्यक्रममा प्रहरी पदिक र जुनियर अधिकृतहरू गरी ४२ जनाको सहभागिता रहेको थियो ।

अनलाइन डेस्क

अन्य

भिडियो