अनौपचारिक सेवा केन्द्र (इन्सेक)को आयोजनामा रामेछापमा शिक्षा स्वास्थ्य र खाद्य अधिकारका सवालमा टेलिभिजन सम्वाद कार्यक्रम कात्तिक १० गते सम्पन्न गरिएको छ ।
कार्यक्रममा जिल्ला शिक्षा कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला पशुसेवा कार्यालय र जिल्ला कृषि विकास कार्यालयका प्रतिनिधिहरूले रामेछापमा शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको अवस्थाका बारेमा जानकारी गराएका थिए ।
त्यसैगरी मन्थली नगरपालिका प्रमुख रमेशकुमार बस्नेतले मन्थली नगरपालिकाको शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका बारेमा जानकामरी गराएका थिए ।
गैरसरकारी संस्था महासङ्घ रामेछापका अध्यक्ष मिलन घिसिङले गैरसराकारी क्षेत्रबाट शिक्षा, स्वास्थ्य र खाद्य अधिकार संरक्षणको लागि भएगरेका कामका बारेमा जानकारी गराएका थिए । मन्थली बहुमूखी क्याम्पसका प्रमुख टङ्कप्रसाद दाहालले शिक्षाको उपभोग अझै हुन नसकेको बताए ।
कार्यक्रममा सहभागीहरूले शिक्षा, स्वास्थ्य र खाद्यका सवालमा सेवा प्रदायक निकायले प्रभावकारी काम गर्न नसकेको, अहिले पनि निशुल्क शिक्षा कार्यान्वनमा नआएको, कृषि र पशु प्राविधिकले सेवा प्रवाहमा ध्यान नदिएको, स्वास्थ्य सेवा प्रभाकारी हुन नसकेको गुनासो गरेका थिए । कार्यक्रम एभिन्युज टेलिभिजनबाट प्रसारण हुने जनाइएको छ ।
नवराज पथिक