INSEC Online

📅 २०८३ जेष्ठ २१

बाल अधिकार चेतना समूहका लागि नेतृत्व विकास तालिम सुरू

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पोखराको आयोजनामा स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रम अन्तर्गत गठित बाल अधिकार चेतना समूहको लागि तीन दिने तालिम असोज २६ गतेबाट तानसेनमा सुरू भएको छ ।

Photo20171012Palpa1

तालिमको उद्घाटन गर्दै पाल्पाका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले बालबालिकामार्फत समुदाय स्तरमा धेरै रचनात्मक कार्यक्रमहरू सञ्चालन गर्न सकिने बताउँदै चेतना समूहका सदस्यहरूले पनि विद्यालय र समुदायमा बालबालिकामैत्री कार्यक्रमहरूलाई अगाडि बढाउनुपर्ने बताए ।

तालिममा पाल्पा र कपिलवस्तु जिल्लाका आठ ओटा विद्यालयमा गठन गरिएका बाल अधिकार चेतना समूहका पदाधिकारी तथा सदस्यहरू गरी ३० जना सहभागी छन् ।

यज्ञमूर्ति तिमिल्सिना

अन्य

भिडियो