‘बालमैत्री शासनः बाल अधिकारको सम्मान’ भन्ने नाराका साथ राष्ट्रिय बाल अधिकार दिवसको अवसर पारेर जिल्ला बाल कल्याण समिति, इन्सेक कञ्चनपुरलगायतका सङ्घ संस्थाहरूले भदौ २९ गते महाकाली अञ्चल बाल अनाथालय महेन्द्रनगरमा स्टेशनरी वितरण गरेका छन् ।

यसैगरी बाल अधिकार दिवसको पुर्वसन्ध्यामा इन्सेक कञ्चनपुर र जिल्ला बाल कल्याण समितिको संयुक्त आयोजनामा वेदकोट नपा-१ चम्फापुरमा द्वन्द्वकालमा हत्या गरिएका बालक दीर्घराज भण्डारीको सम्झनामा दिप प्रज्वलन गरिएको थियो । द्वन्द्वपीडित परिवारले बालकको सम्झनामो दिप प्रज्वलन कार्यक्रम राखेकोमा जिल्ला बालकल्याण समिति र इन्सेकप्रति आभार व्यक्त गरेको छ ।

दिप प्रज्वलन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनालले द्वन्द्वको क्रममा हत्या गरिएका बालक दीर्घको सम्झनामा स्तम्भ निर्माण गर्नका लागि पहल गरिने प्रतिवद्धता जनाए ।
कोमलनिरन्जन भाट