अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा दुईदिने मानव अधिकार तालिम निर्देशिका परिमार्जन कार्यशाला गोष्ठी पोखरामा सुरू भएको छ ।

इन्सेक केन्द्रीय कार्यालयका प्रतिनिधि तथा प्रलेख अधिकृतहरू सहभागी गोष्ठीमा मानव अधिकार तालिम निर्देशिका परिमार्जन गरिने इन्सेक केन्द्रीय कार्यलयकी बहस तथा पैरवी विभाग प्रमुख सम्झा श्रेष्ठल बताइन् ।
उनले वर्तमान संविधान तथा मानव अधिकारको पछिल्लो अवस्थाका बारेमा विश्लेषण गर्दै मानव अधिकार तालिम निर्देशिका तयार गरिने जानकारी दिइन् ।
कार्यक्रममा इन्सेक क्षेत्रीय कार्यालय पोखराका संयोजक शिव खकुरेलले दुईदिने गोष्ठीबाट इन्सेकको मानव अधिकार निर्देशिकालाई समय सापेक्ष परिमार्जन गर्नका लागि फलदायी हुने बताए ।
खकुरेलले उत्कृष्ट निर्देशिका निर्माण गरी लामो समयसम्म प्रभाव पार्ने सामग्री आवश्यक रहेको हुँदा आयोजित गोष्ठीले अपेक्षा अनुसारको निर्देशिका तयार हुने बताए ।
इन्सेक क्षेत्रीय कार्यलय, पोखरा