अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कञ्चनपुरको आयोजनामा स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने परियोजनाको जिल्लास्तरीय परियोजना सल्लाहकार समितिको बैठक असार २७ गते जिल्ला समन्वय समितिको कार्यालय, कञ्चनपुरमा सम्पन्न भएको छ ।

जिल्ला परियोजना सल्लाहकार समितिका अध्यक्ष एवम् स्थानीय विकास अधिकारी राजेश पौडेलको अध्यक्षतामा सम्पन्न भएको बैठकमा इन्सेक जिल्ला प्रतिनिधि कोमलनिरन्जन भाटले स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने परियोजना अन्तर्गत सम्पन्न भएका क्रियाकलाप, खर्च भएको रकम, परियोजना सञ्चालन गर्दा आएका चुनौती र परियोजनाको उपलब्धि सहितको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सल्लाहकार समितिका सदस्यहरूले परियोजनाबारे राखेका जिज्ञासाका बारेमा इन्सेक जिल्ला प्रतिनिधि भाटले प्रष्ट पारेका थिए । बैठकमा परियोजना सल्लाहकार समितिका सदस्य एवम् जिल्ला समन्वय समितिका योजना अधिकृत सिद्धराज पन्तले दुई ओटा मात्र स्थानीय तहमा नभएर जिल्लाका सबै नौ ओटै तहमा काम गर्नका लागि आग्रह गरे ।
जिल्ला परियेाजना समितिको बैठकले इन्सेकले गरेको काम राम्रो रहेको र आगामी दिनमासमेत यसैगरी सन्तोषजनक रूपमा काम गरेर निरन्तरता दिनका लागि सुझाव दिएको छ ।
कोमलनिरन्जन भाट