INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा

नेपाल मानव अधिकार वर्ष पुस्तक २०१८ का लागि सङ्कलित घटनाको प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम असार १६ गते राजविराजमा सम्पन्न भएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सप्तरीद्वारा सन् २०१७ को घटनालाई समेटेर नेपाल मानव अधिकार वर्ष पुस्तक-२०१८ प्रकाशन गर्ने क्रममा प्राप्त सुझावलाई समेटने उद्देश्यले २०१७ जनवरीदेखि जुनसम्म सङ्कलित घटनाबारे जानकारी गराउँदै पूर्व समीक्षा कार्यक्रम आयोजना गरिएको हो ।

मानव अधिकारको प्रत्यक्ष र अप्रत्यक्ष सरोकार राख्ने घटनाहरूबारे समीक्षा गरिएको कार्यक्रममा इन्सेक प्रतिनिधि मनोहरकुमार पोखरेलले ६ महिनामा सङ्कलित मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका ९० घटनाबारे प्रतिवेदन प्रस्तुत गरेका थिए ।

मानव अधिकार उल्लङ्घन एवम् ज्यादतीका घटनामा यस अवधिमा राज्यद्वारा पाँचजनाको हत्या हुनुका साथै बालिका बलात्कार र घरेलु हिंसाको घटना धेरै भएको उल्लेख छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र राजपाको आन्दोलनका कारण यस अवधिमा भौतिक सम्पति र संरचनाहरूमा क्षति पुगेको तथा अभिव्यक्ति, भेला हुने र सङ्गठित हुने अधिकारमा समेत अवरोध पुगेको प्रतिवेदनमा उल्लेख छ ।

मनोहरकुमार पोखरेल

अन्य

भिडियो