अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले पाल्पा जिल्लामा सञ्चालन गरेको स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने इएलपी परियोजना अन्तर्गत जिल्ला परियोजना सल्लाहकार समितिको बैठक असार ८ गते सम्पन्न भएको छ ।

तानसेनमा सम्पन्न बैठकमा इन्सेक क्षेत्रीय कार्यलयकी इएलपी कार्यक्रम संयोजक सवनम शर्माले इएलपी परियोजना अन्तर्गत जिल्लामा सञ्चालित कार्यक्रमहरूको प्रगति विवरण प्रस्तुत गरेकी थिइन् । उनले बैठकमा इएलपी कार्यक्रम र प्रभावकारिताको विषयमा समेत जानकारी गराइन् ।
बैठकमा पाल्पा जिल्लाको साविकका चापपानी र खानीगाउँ गाविसमा सञ्चालित परियोजना अन्तर्गत वर्षभरी सम्पन्न गतिविधिका बारेमा सेवा प्रदायक निकायलाई जानकारी गराइएको थियो ।

बैठकमा बोल्दै जिल्ला समन्वय समिति पाल्पाका स्थानीय विकास अधिकारी रामप्रसाद पाण्डेले इन्सेकको कार्यक्रमले सामाजिक विकासका लागि सहयोगी भूमिका निर्वाह गरेको बताए । उनले सामाजिक सरोकारका विषयहरूमा सरकारी र गैरसरकारी निकायहरू सँगसँगै अगाडि बढ्नुपर्नेमा जोड दिए ।
यज्ञमूर्ति तिमिल्सिना