स्थानीय समुदाय सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने इएलपी परियोजना अन्तर्गत जिल्ला परियोजना सल्लाहकार समिति कास्कीको बैठक असार ५ गते सम्पन्न भएको छ ।
पोखरामा सम्पन्न बैठकमा इन्सेक क्षेत्रीय कार्यलयकी इएलपी कार्यक्रम संयोजक सवनम शर्माले इएलपी परियोजना अन्तर्गत जिल्लामा वर्ष र सञ्चालित कार्यक्रमहरूको प्रगति विवरण प्रस्तुत गरेकी थिइन् ।
वैठकमा कास्की जिल्लाका साविकको लुम्ले र ढिकुरपोखरी गाविसमा सञ्चालित परियोजना अर्न्तगत वर्षभरी सम्पन्न गतिविधिका बारेमा सेवा प्रदायक निकायलाई जानकारी प्रदान गरिएको थियो ।
बैठकमा बोल्दै जिल्ला समन्वय समिति सामाजिक शाखाका प्रमुख अर्जुन न्यौपानेले अबका दिनमा सङ्घसंस्था तथा अधिकारकर्मीहरूले कर्मचारीलाई भन्दा बढी नवनिर्वाचित जनप्रतिनिधिलाई जिम्मेवार बनाउनुपर्ने बताए । न्यौपानेले इन्सेकले आगामी दिनमा नयाँ संरचना अनुसार कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाव दिए ।
इन्सेक क्षेत्रीय कार्यालय पोखराका संयोजक शिव खकुरेलले परियोजना आगामी दिनमा स्थानीय तहको फेरिएको संरचना अनुसार कार्यक्रम सञ्चालन गरिने बताए । साथै स्थानीय तहसँग सहकार्य गर्दै परियोजना अगाडि बढाउने संयोजक खकुरेलको भनाइ थियो ।
इन्सेक क्षेत्रीय कार्यलय, पोखरा