INSEC Online

📅 २०८३ जेष्ठ २१

अनुगमन संयन्त्र कमजोर बन्दा एकाधिकार बढेको स्थानीयको गुनासो

अनुगमन संयन्त्र जबाफदेही बन्न नसक्दा मनपरितन्त्र मौलाएको इन्सेकले चैत २९ गाईघाटमा आयोजना गरेको सेवा प्रदायक र सेवाग्राहीबिच अन्तरक्रिया कार्यक्रमका सहभागिहरूले बताएका छन् ।

इन्सेकले सञ्चालन गरेको स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रम अन्तर्गत आयोजित जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रममा सहभागिहरुले अनुगमन र कार्यान्वयनको जिम्मेवारी पाएका सरकारी निकाय नै उदासिन बन्दा बनेका कानुन कार्यान्वयन हुन नसकेको गुनासो गरे ।

कार्यक्रममा सहभागी मानव अधिकार निगरानी समूह उदयपुरका सदस्य चन्द्रमणी गुरागार्इँले अनुगमन नहुँदा निशुल्क औषधि उपचार, शिक्षा, विउ विजन र अनुदानमा पाइने सेवासुविधाबाट सर्वसाधारण वञ्चित भएको बताए ।

त्यसैगरी पत्रकार बविता परियारले सरकारी लगानीमा सञ्चालन भएका शिक्षा, स्वास्थ्य क्षेत्र डामाडोल रहेको आरोप लगाइन् । उनले थोरै लगानीमा सञ्चालन भएका निजी विद्यालयको प्रतिफल उत्कृष्ट भएको र करोडौँ लगानीमा सञ्चालित सरकारी विद्यालयकाको प्रतिफल न्यून रहनुले जिम्मेवार निकाय नै जबाफदेही बन्न नसक्नु भएको बताइन् ।

कार्यक्रममा निगरानी समूहका अध्यक्ष हिमाल खड्काले जिल्लाको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारलाई समेटेर तयार पारेको कार्यपत्र प्रस्तुत गरेका थिए ।

भरत खड्का

अन्य

भिडियो