स्थानीय स्तरमा शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको विषयमा सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रम ०७३ चैत २८ गते रामेछापको पुरानागाउँमा सम्पन्न भएको छ ।
मन्थली नगरपालिका अन्तर्गतको पुरानागाउँ-९ मा भएको सो कार्यक्रम कियोसको आर्थिक सहयोग तथा इन्सेकको समन्वयमा मानव अधिकार निगरानी समूह पुरानागाउँले आयोजना गरेको हो ।
कार्यक्रममा चिसापानी श्रोत केन्द्रका बोल्दै श्रोत व्यक्ति ढुङ्गेलले निगरानी समूहको खबरदारीले सेवा प्रदायकलाई सचेत बनाएको बताए । उनले स्थानीयले उपभोग गर्ने अधिकारको संरक्षणमा मानव अधिकार निगारनी समूहले उठाउने हरेक कदममा आफ्नो साथ हुने बताए । उनले स्थानीय स्तरमा हुने अनियमितताको खबरदारी गर्न समूहलाई आग्रहसमेत गरेका छन् ।
स्वास्थ्य चौकीका इञ्चार्ज राजकुमार आरणले निगरानी समूहको सक्रियताको कारण स्वास्थ्य चौकीमा सकिएको औषधि समयमानै ल्याउन सहयोग पुगेको बताए । उनले स्थानीय स्तरमा धेरै विषयहरू उठान गर्नुपर्ने भएकोले ती विषय उठान गर्ने निगरानी समूहलाई आग्रह गरे ।
वडा सचिव प्रेमबहादुर श्रेष्ठले पुरानागाउँमा कृषि र पशु स्वास्थ्यको सेवा प्रभावकारी हुन नसकेको स्वीकार गर्दै यस विषयमा एक पटक आफूले समन्वय गर्ने र त्यसपछि पनि सुधार हुन नसके नागरिक निगरानी समूहले चाल्ने कदममा आफूले सहयोग गर्ने बताए ।
नवराज पथिक