INSEC Online

📅 २०८३ जेष्ठ २१

आचारसंहिता पालना गर्नु पर्नेमा जोड

निर्वाचन आचारसंहिता लागु भइसकेको अवस्थामा जिल्लामा सरकारी र गैरसरकारी पक्षबाट निर्वाचन आचारसंहितालाई अक्षरस पालनामा नागरिक समाजका अगुवाहरूले जोड दिएका छन् ।

Photo20170321Dhading

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले चैत ८ गते धादिङवेसीमा आयोजना गरेको नागरिक समाजको सकारात्मक छवि निर्माणको सवाल विषयक अन्तरक्रिया कार्यक्रममा नागरिक समाजका अगुवाहरूले सो कुरामा जोड दिएका हुन् ।

कार्यक्रममा गैरसरकारी संस्था महासङ्घ धादिङका अध्यक्ष दामोदर अर्यालले गैरसरकारी संस्थाहरूले गैरसरकारी संस्थाको आचार संहित पालना गर्नु पर्ने बताए ।

Photo20170321Dhading1

नेपाल पत्रकार महासङ्घ धादिङका अध्यक्ष नवराज छत्कुलीले नागरिक समाजका प्रतिनिधिले राजनीतिक दलको अवरणमा भिडेर आउन नहुनेमा जोड दिए ।

त्यसैगरी कार्यक्रममा नागरिक समाजका व्यक्तिहरू पार्टीको झण्डा नबोक्ने, स्वतन्त्र रूपमा निर्वाचनलगायतका पर्यवेक्षण तथा अनुगमन गर्ने, पछाडि पारिएका नागरिकहरूलाई जागरुक पारी उनीहरूको अधिकारका लागि लागिपर्ने प्रतिबद्धता गरिएको छ ।

कार्यक्रममा लोकतान्त्रिक गैरसरकारी संस्था महासङ्घ धादिङका अध्यक्ष शिवहरी अधिकारीलगायतका गैरसरकारी संस्थाका प्रतिनिधि र पत्रकारहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा नागरिक समाजका अगुवाहरूले निर्वाचन आचारसंहिता विपरित गैरसरकारी संस्थाहरूले नयाँ कार्यक्रम सञ्चालन गर्ने र कर्मचारी भर्ना गरी राहतका कार्यक्रमहरू गर्ने, संस्थाहरूले गर्ने कार्यक्रममा राजनीतिक दलका नेताहरूलाई बोलाएर विभिन्न दलको विरोध तथा समर्थन गर्ने जस्ता कार्यहरू भइरहेको भन्दै चिन्ता समेत व्यक्त गरेका थिए ।

सीताराम अधिकारी

अन्य

भिडियो