INSEC Online

📅 २०८३ जेष्ठ २१

स्थानीय तहमा देखिएका समस्या फुकाउन मानव अधिकार सञ्जालले समन्वय गर्ने

मूलुक सङ्घीय संरचनामा गएपछि सुरु भएको गाउँपालिका र नगरपालिकाले प्रदान गर्ने सेवामा देखिएका व्यवहारिक समस्यालाई समाधान गर्न मानव अधिकार संरक्षण सञ्जाल रामेछापले सरोकारवाला निकायको ध्यानाकर्षण गराएको छ ।

Photo20170316Ramechhap

सञ्जालको चैत ३ गते बसेको बैठकले सङ्घीय संरचनामा मूलुक गएको अवस्थामा कार्यान्वयनमा आएका गाउँपालिका तथा नगरपालिकाले प्रवाह गर्ने सेवामा देखिएका व्यवहारिक तथा कानुनी समस्याको विषयमा सरोकारवाला निकायलाई ध्यानाकर्षण गराई त्यसको व्यवहारिक समाधानको लागि सञ्जालले सरोकारवालासँग समन्वयसमेत गर्ने निर्णय गरेको छ ।

इन्सेकसमेत संलग्न रहेको सो बैठक इन्सेक र सञ्जालको संयुक्त आयोजनामा भएको हो । बैठकले तत्काल देखिएका समस्याको समाधानको लागि छलफल गर्न जिल्लाका राजनीतिक दल र सरोकारवाला सरकारी नियासँग समन्वय बैठकसमेत गर्ने निर्णय गरेको छ ।

नवराज पथिक

अन्य

भिडियो