रामेछाप जिल्लाको मन्थली नपा-१३ र १४ मा पुनर्निर्माणको काम गर नगरपालिकाको कामको प्रभावकारिता विषयक सार्वजनिक सुनुवाइ कार्यक्रम फागुन २३ गते भटौलीमा सम्पन्न भएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र मानव अधिकार तथा सामाजिक न्याय संयोजन केन्द्रको समन्वयमा मन्थली नगरपालिकाले आयोजना गरेको कार्यक्रममा मन्थली नगरपालिकाका कार्यकारी अधिकृत पुरुषोत्तम सापकोटा जवाफदेही वक्ता रहेका थिए ।

कार्यक्रममा नगरपालिकाले अहिलेसम्म सञ्चालन गरेको कार्यक्रम र भूकम्पपछिको पुनर्निर्माणको अवस्थाका बारेमा सबालजबाफ भएको थियो । नगरपालिकाका कार्यकारी प्रमुख सापकोटाले चालु अर्थिक वर्षा मन्थली नगरपालिकाको १५ करोड बजेट रहेकोमा अहिले सम्म १० करोड ३९ लाख निकासा भएको र २ करोड ७७ लाख खर्च भइसकेको बताए ।
उनले नगरपालिकाले यो आर्थिक बर्षमा गर्ने कार्यक्रम मध्ये ९० प्रतिशत कार्यक्रमहरूको सम्झौता भइसकेको बताए । प्रमुख सापकोटाले कार्यक्रम सम्झौताका लागि फागुन १५ गते सम्मको समय तोकिएको भएपनि स्थानीय निकायका कर्मचारीहरूको आन्दोलनका कारण सो कार्य प्रभावित भएको बताए । उनले यो वर्षमन्थली नगरपालिकाको आन्तरिक राजस्वमा उल्लेख्य बृद्धि भएको बताए । अघिल्लो वर्षजम्मा १८ लाख रुपियाँ आन्तरिक राजस्व सङ्कलन भएकोमा चालु आर्थिक वर्षो हालसम्म ४९ लाख रुपियाँ सङ्कलन भएको उनले जानकारी दिए ।

उनले मन्थली नगरपालिका भित्र ६ हजार नागरिकले पुनर्निर्माण सम्झौता गरेको र अहिले पुनर्निर्माणको काम भइरहेको बताए । पुनर्निर्माणका लागि दोस्रो किस्ताको रकम पनि निकासा भएपनि अहिलेसम्म कसैले पनि नलिएको उनले बताए ।
स्थानीयले पुनर्निर्माणको क्रममा फरकफरक नीति आएको कारण काम गर्ने असजिलो भएको गुनासो गरेका थिए । साथै सडकमा उड्ने धुलोको कारण आफूहरू अक्रान्त भएको भन्दै त्यसको व्यवस्थापनको लागि स्थानीयले आग्रह गरेका थिए ।

सार्वजनिक सुनुवाइमा पुनर्निर्माणको काम सबै संस्थाबिच समन्वय गरी अघि बढाउने तथा मन्थली नपा-१४ मा विद्युत सेवा पुर्याउन सबैले प्रयत्न गर्ने दुई बुँदे प्रतिवद्धता जारी भएको छ । कार्यक्रममा राजनीनिक दलका प्रतिनिधिसमेत सहभागी भएका थिए ।
नवराज पथिक