INSEC Online

📅 २०८३ जेष्ठ २१

चेतना समूहका बालबालिकाका लागि नेतृत्व विकास तालिम सुरु

इन्सेक पूर्वाञ्चल क्षेत्रीय कार्यालय विराटनगरको आयोजनामा झापामा फागुन १० गतेदेखि बाल अधिकार चेतना समूहका बालबालिकाको लागि तीन दिने नेतृत्व विकास तथा क्षमता अभिवृद्धि तालिम सुरु भएको छ ।

विर्तामोडमा सुरू भएको तालिममा झापा, मोरङ र इलाम जिल्लाका कार्यक्रम सञ्चालित गाउँका विद्यालयमा गठित बाल अधिकार चेतना समूहमा आवद्ध ४० जना बालबालिकाको सहभागिता रहेको छ । सहभागितामूलक पद्धतीबाट सञ्चालन गरिएको तालिमको उद्घाटन सत्र बाल क्लवका सदस्य दिपेश ढकालको अध्यक्षता र सोनिया मगरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा इन्सेक पूर्वाञ्चलका क्षेत्रीय संयोजक सोमराज थापाले बालबालिकाको क्षमताको विकास भएमा स्थानीयतस्तरमा सकारात्मक परिवर्तन ल्याउन उनीहरू पनि सहयोगी बन्ने बताउँदै यसका लागि इन्सेकले विगत लामो समयदेखि सहयोग गर्दै आएको बताए । उनले बालबालिकाको लागि अहिले राज्यले धेरै नीतिहरू ल्याइसकेकोले त्यसका बारेमा पनि बालबालिकाले जान्नु पर्ने अवगत गराए ।

अर्जुन बस्नेत

अन्य

भिडियो