इन्सेक क्षेत्रीय कार्यालय नेपालगञ्जको आयोजनामा इएलपी कार्यक्रम अन्तर्गत बाल अधिकार चेतना समूहका सदस्यहरूका लागि माघ २४ गतेदेखि सुरु भएको क्षमता अभिवद्धि तालिम माघ २६ गते सम्पन्न भएको छ ।
तालिममा इन्सेक अभियान, बाल अधिकार, बाल अधिकारको वर्तमान अवस्था, विकासक्रम, बालमैत्री विद्यालय र दण्डरहीत शिक्षा, विद्यालय तहमा बाल अधिकार र मानव अधिकार शिक्षाको अवधारणालगायतका विषयमा तालिम दिइएको थियो ।
कार्यक्रममा इन्सेक मध्यपश्चिमाञ्चल क्षेत्रीय कार्यालयका संयोजक भोला महतले आफ्नो अधिकारको बारेमा सचेत नभएसम्म कुनैपनि बालबालिकाहरूको समग्र विकास हुन नसक्ने बताए ।
तालिममा बाँके, बर्दिया र दाङ जिल्लाका १२ वटा विद्यालयका ३६ जना बालबालिकाहरूको सहभागिता रहेको थियो ।
विनोद पाण्डे