INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकार निगरानी समूहको पुनर्गठन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले सञ्चालन गरेको स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउन पहल गर्ने परियोजना अन्तर्गत मोरङ जिल्लामा जिल्लास्तरीय मानव अधिकार निगरानी समूह पुनर्गठन गरिएको छ ।

photo20170104morang

विराटनगरमा पुस २० गते आयोजित कार्यक्रमबाट गैरसरकारी संस्था महासङ्घका केन्द्रीय सदस्य त्रिलोक न्यौपानेको संयोजकत्वमा २३ सदस्यीय समूहको पुनर्गठन गरिएको हो ।

तीन वर्षअघि न्यौपानेकै संयोजकत्वमा बनेको समितिमा १२ जना थप गरेर समिति पुनर्गठन गरिएको इन्सेक क्षेत्रीय कार्यालय विराटनगरका संयोजक सोमराज थापाले जानकारी दिए ।

इन्दिरा भट्टराई

अन्य

भिडियो