लाभग्राहीको सूचीमा आफ्नो नाम भएपनि अनुदान सम्झौता नभएपछि समस्यामा परेको धादिङको चैनपुर गाविसमा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागी भूकम्पपीडितहरूले गुनासो गरेका छन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), सहयात्री समाज र चैनपुर गाविसको संयुक्त आयोजना भदौ १४ गते आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागी भूकम्पपीडितहरूले यस्तो गुनासो गरेका हुन् ।
आफ्नो नाममा जग्गा नभएका लाभग्राहीको अहिले अनुदान सम्झौता नगर्ने बताएपछि आफूहरू समस्यामा परेको लाभग्राही भूकम्पपीडितहरूले बताएका छन् ।
कार्यक्रममा चैनपुगरका गाविस सचिव गिरी विष्टले पछाडि पारिएका भूकम्पपीडितहरूलाई प्राथमिकता दिने बताए ।
सुकुम्बासीहरूको हकमा समेत हाललाई सम्झौता नहुने र सरकारको निर्देशन आएपछि सम्झौता हुने गाविस सचिव विष्टले जानकारी दिँदै बुढी गण्डकी प्रभावित क्षेत्रलाई अर्को व्यवस्था सरकारले नै गर्न लागेको जानकारी दिए ।
‘विदेशमा भएका व्यक्ति जसको नाम लाभग्राहीको सूचीमा छ त्यस्ताका लागि समेत सुविधा दिने प्रयत्न गर्दैछौं ।’-सचिव गिरीले भने ।
सीताराम अधिकारी