स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउन पहल कार्यक्रम अन्तर्गत शिक्षा, स्वास्थ्य र खाद्य अधिकारसम्बन्धी क्षेत्रीयस्तरको अन्तरक्रिया कार्यक्रम असार २० गते हेटौँडामा सम्पन्न भएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मध्यमाञ्चल क्षेत्रीय कार्यालय काठमाडौँले आयोजना गरेको अन्तरक्रियामा इन्सेकका क्षेत्रीय संयोजक कृष्ण गौतमले सेवाग्राही र सेवाप्रदायकबीच पुलको काम गर्न इन्सेकले उक्त कार्यक्रम सञ्चालन गरेको बताए ।
उक्त कार्यक्रममा क्षेत्रीय शिक्षा निर्देशनालयका उपनिर्देशक कृष्णप्रसाद घिमिरे, जिल्ला पशुसेवा कार्यालयका प्रमुख डा. रामप्रकाश प्रधान, कृषि विकास कार्यालयका अधिकृत चन्द्रकान्त चौधरी, क्षेत्रीय स्वास्थ्य निर्देशनालयका अधिकृत टिङ्कु श्रेष्ठले सहभागीहरुले उठाएका जिज्ञासाहरूको जवाफ दिएका थिए ।

