INSEC Online

📅 २०८३ जेष्ठ २१

वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

इन्सेकद्वारा मध्यपश्चिमाञ्चल क्षेत्रमा सञ्चालित कार्यक्रमको वार्षिक समीक्षा कार्यक्रम असार ३१ गते नेपालगञ्जमा सम्पन्न भएको छ ।

 

कार्यक्रममा इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले इन्सेकले सञ्चालन गरेको इलपी कार्यक्रम प्रभावकारी रूपमा सम्पन्न भएकोले आगामी दिनमा पनि जिम्मेवार निकायलाई जवाफदेही बनाउने खालका कार्यक्रम गर्ने योजना रहेको बताए ।

 

निर्देशक गौतमले इन्सेककर्मीहरूलाई लगनशील भएर काम गर्न निर्देशनसमेत दिए । कार्यक्रममा इन्सेकमध्यपश्चिमाञ्चल क्षेत्रीय कार्यालयका संयोजक भोला महतले कार्यक्रम सञ्चालित गाविसमा सकारात्मक परिवर्तन आए उद्देश्य पुरा भएको सम्झिनु पर्ने बताउँदै कार्यक्रम समाप्त भएपनि निगरानी समूह क्रियाशील भए थप कार्यक्रम आवश्यक नपर्ने बताए ।

 

बाँके, बर्दिया र दाङका इन्सेक जिल्ला प्रतिनिधि र सहजकर्ताहरूले कार्यक्रमले जिल्ला र गाविस स्तरमा पारेको प्रभाव र उपलब्धिहरूका बारेमा प्रस्तुति गरेका थिए ।

 

Photo20160715BankePhoto20160715Banke1

 

 

अन्य

भिडियो