१४ वर्षीया बालिकालाई ०८२ भदौ १४ गते बलात्कार गरेको आरोपमा प्रहरीले बेलका नगरपालिका-२ का ४७ वर्षीय युवराज श्रेष्ठलाई भदौ १५ गते गिरफ्तार गरेको छ ।
बेलका नगरपालिका- २ कञ्चनजङ्गास्थित हिमशिखर सामुदायिक इंग्लिस स्कूलमा अध्ययनरत १४ वर्षीया बालिकालाई भदौ १४ गते कक्षाकोठामा बलात्कार गरेको भन्दै आरोपितविरुद्ध पीडित पक्षले भदौ १५ गते इलाका प्रहरी कार्यालय, रामपुर ठोक्सिलामा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा आरोपित शिक्षक हिमशिखर सामुदायिक इंग्लिस स्कूलका प्रिन्सिपल भएको खुलेको छ ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण भदौ १५ गते जिल्ला अस्पतालमा गरिएको छ ।