INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

१३ वर्षीया बालिकालाई पुस १० गते सामूहिक बलात्कार गरेको आरोपमा १७ वर्षीय एकजना र १६ वर्षीय दुई जना बालकविरूद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय लहानमा पुस १२ गते उजुरी दिएको छ ।

पीडित पक्षका अनुसार पीडित बालिकालाई आरोपितहरूले सामूहिक बलात्कार गरेको घटनामा आरोपितका अभिभावकहरूले गाउँमै मिल्न दबाव दिएका छन् ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण लहानस्थित रामकुमार उमाप्रसाद अस्तालमा पुस १२ गते गरिएको छ । इलाका प्रहरी कार्यालय लहानका इन्स्पेक्टर जुगेश्वर राउतका अनुसार आरोपितहरू फरार रहेकोले खोजतलास भइरहेको छ ।

अन्य

भिडियो