वर्षाको समयमा पानी नपर्दा किसानहरु मार्कामा परेका छन् । मनसुन प्रतिकुल हुँदा धान रोपाई प्रभावित भएको छ ।
मधेश प्रदेशका अधिकाँश भागका खेतीयोग्य जमिन सुक्खा छन् । खानेपानीको पनि अभाव छ । ट्युवेल र पोखरीको पानी समेत सुकेको अवस्था छ । कतिपय किसानले ट्युवेल वा डिप बोरिङको पानीबाट रोपाइँ गरिहेका छन् । तर, धान रोपेका अधिकाँश खेतमा जमिन सुकेर चिरा चिरा परेको छ भने रोपाइँका लागि तयार पारिएका धानको ब्याड सुक्न थालेको छ ।












