INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्नी हत्या आरोपमा पति गिरफ्तार

सिरिजङ्गा गाउँपालिका-५ स्थायी घर भइ फुङलिङ नगरपालिका-४ उकालीपानीमा बस्दै आएकी ३० वर्षीया शान्ति राईको हत्या गरेको आरोपमा प्रहरीले ३२ वर्षीय पति विजय भनिने सञ्जमान लिम्बूलाई  साउन ११ गते गिरफ्तार गरेको छ ।

घरायसी विवादका क्रममा आरोपितले पत्नीलाई ०८२ साउन ८ गते कैची प्रहार गरेका थिए । पेटमा कैँची प्रहारबाट घाइते भएकी शान्तिको उपचारका लागि लैजाने क्रममा साउन १० गते मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी वेदप्रकाश गौतमले बताए ।

तर, आरोपित सञ्जमानले बाटोमा हिड्ने क्रममा लडेर रडमा परि  घाइते भएको र उपचारका क्रममा मृत्यु भएको बयान प्रहरीलाई दिएका थिए ।

वहिनी ज्वाईँले कैची प्रहारबाट मृत्यु भएको बयान दिएपछि आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको डिएसपी गौतमले बताउनु भयो ।

शवको पोष्टमार्टम जिल्ला अस्पतालमा साउन ११ गते गरिएको छ ।

सोही दिन पीडित पक्षले शव बुझी सिरिजङ्गा गाउँपालिका-५ सद्गत गरेको छ ।

अन्य

भिडियो