१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले कपिलवस्तु नगरपालिका–११ वनगाईका २२ वर्षीय विश्राम नाउँलाई ११ वर्ष कैद सजायको फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश कृतबहादुर बोहोराको ०८२ असार ३२ गतेको इजलासले आरोपितलाई कसुर ठहर गर्दै ११ वर्ष कैद सजाय, ५ लाख रुपियाँ जरिबना, १० हजार रुपियाँ पीडितलाई भराई दिने, जरिबाना बापत ५० हजार रुपियाँ थप पीडितलाई भराइदिने र २० हजार रुपियाँ राहत कोषमा दाखिला गर्ने फैसला गरेको जिल्ला अदालतका स्रेस्तेदार कमल कुमार आचार्यले जानकारी दिनुभयो ।
बालिकालाई ०७७ भदौ ५ गते बलात्कार गरेको भन्दै आरोपितविरुद्ध पीडित पक्षले ०७७ मङ्सिर ८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । प्रहरीले आरोपितलाई मङ्सिर १२ गते गिरफ्तार गरेको थियो ।
पीडितको स्वास्थ्य परीक्षण मङ्सिर ८ गते कपिलवस्तु अस्पताल तौलिहवामा भएको थियो ।