१७ वर्षीया बालिकालाई ०८२ असार २३ गते बलात्कार गरेको आरोपमा हंसपुर नगरपालिका- ५ सुगा निकासका ३५ वर्षीय शकिल अन्सारी विरुद्ध पीडित पक्षले २०८२ साउन ९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरेको छ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन ९ गते प्रादेशिक अस्पताल जनकपुरधाममा भयो।
आरोपित फरार रहेकोले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी नरहरी रेग्मीले जानकारी दिनुभयो।