२४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले चौदण्डीगढी नगरपालिका-९ हडियाका ४८ वर्षीय गजेन्द्र गिरीलाई साउन १० गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले ०८२ साउन ६ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध साउन ९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।
पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा साउन ११ गते गरिएको छ ।