१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिलिचोङ गाउँपालिका-३ का २६ वर्षीय विकास राईलाई गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले ०८१ पुस २ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध ०८२ साउन ५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रामकुमार लामिछानेले बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा साउन ६ गते गरिएको छ ।