INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

२३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले लम्कीचुहा नगरपालिका—७ खैलाडका २५ वर्षीय तपेन्द्र भुललाई ०८२ साउन ६ गते गिरफ्तनार गरेको छ ।

पीडित महिलालाई आरोपितले साउन ५ गते घरमा एक्लै भएको मौका पारी बलात्कार गरेको भन्दै पीडित महिलाले साउन ६ गते  इलाका प्रहरी कार्यालय, लम्कीमा उजुरी दिएको लम्कीचुहा नगरपालिका–७ का वडाध्यक्ष भगवानदिन चौधरीले बताउनु भयो ।

पीडित पक्षले दिएको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय, लम्कीका वरिष्ठ हवल्दार बिरेन्द्र साउदले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण साउन ७ गते सेती प्रादेशिक अस्पताल, धनगढीमा गरिएको छ ।

अन्य

भिडियो