INSEC Online

📅 २०८३ जेष्ठ २१

हत्या घटनाका आराेपित गिरफ्तार

पोखरा महानगरपालिका–१४ चाउथेमा ०८१ असोज १३ गते साँझ जेब्रा झोलाभित्र नवजात शिशुको हत्या गरी फालिएको  आराेपमा नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिका -५ घर भई हाल पोखरा महानगरपालिका- ९ नागढुंगा निवासी बाबु ३७ वर्षिय गोविन्द लामिछानेलाई प्रहरीले ०८२ साउन ४ गते गिरफ्तार गरेकाे छ ।

गर्भवती पत्नीलाई उपचारको लागि साउन ४ गते पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (गण्डकी) ल्याएको बेला उनलाई गिरफ्तार गरिएको कास्की प्रहरीले जनाएको छ ।

प्रहरीको अनुसन्धानमा लामिछानेले नै नवजात शिशुको हत्या गरेको पाइए पनि उनी फरार रहेका थिए ।

शवको पोष्टमार्टममा शिशुको टाउको र घाँटीमा चोटका कारण मृत्यु भएको प्रारम्भिक प्रतिवेदन आएपछि प्रहरीले अनुसन्धान गर्दा नवजात शिशुको बुबाले नै हत्या गरेको प्रतिवेदन तयार भएको थियो । प्रहरीले लामिछानेलाई कर्तव्य ज्यान सम्बन्धी कसूरमा कास्की जिल्ला अदालतबाट सात दिनको म्याद थप गराई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो