आठ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले नेपालगञ्ज उपमहानगरपालिका–३ एकलैनी का ५५ वर्षीय गुड्डु हलवाईलाई ०८२ साउन ४ गते आफ्नै घरबाट गिरफ्तार गरेको छ ।
आरोपितले बालिकालाई साउन ४ गते बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेका छन् ।
पीडितको स्वास्थ्य परीक्षण साउन ४ गते भेरी अस्पताल, नेपालगञ्जमा गरिएको छ ।