१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरीले ३६ वर्षीय बुबालाई ०८२ साउन ४ गते गिरफ्तार गरेको छ ।
आरोपितले युवतीलाई असार ३० गते बलात्कार गरेको भन्दै पीडित पक्षले साउन ३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि प्रहरीले आरोपितलाई गिरफ्तार गरी अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी चक्रबहादुर शाहले जानकारी दिनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण साउन ३ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको छ । नाबालक छोरासहित आमा रोजगारीको सिलसिलामा भारतमा रहेको र घरमा दुई छोरीसहित बुबा बस्दै आएका थिए ।