१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सुन्दरहरैँचा नगरपालिका-७ नयाँबस्ती टोलका ३८ वर्षीय बालकृष्ण श्रेष्ठलाई गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले ०८२ साउन १ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध साउन ३ गते इलाका प्रहरी कार्यालय, वेलवारीमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई साउन ४ गते अनुसन्धानका गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी कोपिला चुडाँलले बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण कोशी अस्पतालमा साउन ३ गते गरिएको छ ।