INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

२३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले रामपुर नगरपालिका–७ रामपुरका ५२ वर्षीय खुमबहादुर क्षेत्रीलाई ०८२ साउन २ गते रामपुरबाट गिरफ्तार गरेको छ ।

आरोपितले महिलालाई ०८१ चैत २ गते बलात्कार गरेको भन्दै पीडित पक्षले साउन २ गते जिल्ला प्रहरी कार्यालय पाल्पामा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका इन्सपेक्टर कमल प्रधानले बताउनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण साउन २ गते पाल्पा अस्पतालमा गरिएको थियो ।

अन्य

भिडियो