INSEC Online

📅 २०८३ जेष्ठ २१

सामूहिक बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२१ वर्षीया युवतीलाई सामूहिक बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले असार २९ गते पाँच जनालाई गिरफ्तार गरेको छ।

सामूहिक बलात्कार प्रयासको आरोपमा प्रहरीले ०८२ असार २९ गते झापा जिल्ला भद्रपुर नगरपालिका-१ का २१ वर्षीय विवश खड्का, झापा, अर्जुनधारा नगरपालिका-८ का २६ वर्षीय अङ्कित शर्मा, पाँचथर, याङवरक गाउँपालिका-४ का २१ वर्षीय अनिल योङहाङ, फिदिम नगरपालिका-४ का २४ वर्षीय संजय तामाङ र कुम्मायक गाउँपालिका-४ का २३ वर्षीय उमेश तामाङलाई अनुसन्धानका लागि असार २९ गते गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रूपेश तामाङले बताउनु भयो।

युवतीलाई ०८२ असार २८ गते सामूहिक बलात्कार प्रयास गरेको आरोपमा पीडितले आरोपितहरूविरूद्ध असार २९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको थियो।

पीड़ित युवतीको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा असार २९ गते गरिएको छ।

अन्य

भिडियो