कचनकवल गाउँपालिका-५ का ५५ वर्षीय नसरुद्दिन मियाँ प्रहरीको गोली प्रहारबाट घाइते भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय, झापा र लागू औषध नियन्त्रण व्युरो काठमाण्डौँको टोलीले असार २४ गते गिरफ्तारको प्रयास गर्दा चलाएको गोली मियाँको दायाँ गोडाको पिँडुलामा लागेको जिल्ला प्रहरी कार्यालयका डिएसपी खगेन्द्रबहादुर खड्काले बताउनु भयो ।
घाइते मियाँको ०८२ असार २४ गते भद्रपुर नगरपालिका-७ स्थित ओमसाइ पाथीभरा मेडिकलमा उपचारपछि डिस्चार्ज गरिएको डिएसपी खड्काले बताउनु भयो ।
सो घटनामा प्रहरीले भारतको किशनगञ्ज जिल्ला स्थायी घर भएका ३५ वर्षीय मनिसुर आलमलाई भद्रपुर नगरपालिका-७ बाट गिरफ्तार गरेको छ ।
भद्रपुर नगरपालिका-७ बाट लागू औषध कारोवार गरिरहेको अवस्थामा प्रहरीले असार २४ गते गिरफ्तारीको प्रयास गर्दा प्रहरीमाथि हातपात गरेपछि गोली प्रहार गरी मियाँलाई गिरफ्तार गरेको पत्रकार चिरञ्जीवी घिमिरेले बताउनु भएको छ ।