२१ वर्षीया युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले पौवादुङ्गमा गाउँपालिका-२ का २३ वर्षीय रोशन विक र २२ वर्षीय देपेश राईलाई असार २२ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितद्वयले ०८२ असार २२ गते बलात्कार गरेको पीडित पक्षले आरोपितविरूद्ध सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी युवराज तिम्सिनाले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा असार २३ गते गरिएको छ ।