२३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले तानसेन नगरपालिका–१० तेल्घाका ६२ वर्षीय ताराबहादुर कार्कीलाई ०८२ असार २२ गते तानसेनबाट गिरफ्तार गरेको छ ।
आरोपितले महिलालाई ०८० पुस २० गते बलात्कार गरेको भन्दै पीडित पक्षले पुस २२ गते जिल्ला प्रहरी कार्यालय पाल्पामा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका डिएसपी सुनिल मल्लले बताउनु भयो । घटनापछि आरोपित फरार रहेका थिए ।
पीडितको स्वास्थ्य परीक्षण पुस २२ गते पाल्पा अस्पतालमा गरिएको थियो ।