१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा सुर्यविनायक नगरपालिका– ५ बस्ने २५ वर्षिया समिर माकविरुद्ध ०८२ असार १९ गते जिल्ला प्रहरी परिसरमा उजुरी दर्ता भएको छ ।
पीडितलाई ०८२ जेठ २६ गते ललाइफकाइ आफ्नो जन्मदिन मनाउने आफ्नै घरमा लगि मादकपदार्थ खुवाई वेहोस बनाई बलात्कार गरेको भन्दै पीडितकी आमाले उजुरी दिइएको प्रहरी परिसर भक्तपुरले जनायो ।
पीडितको स्वास्थ्य परीक्षण असार १९ गते भक्तपुर अस्पतालमा भयो । आरोपित फरार रहेको र घटनाको अनुसन्धान भरहेको जिल्ला प्रहरी परिसरले जनायो।