१२ वर्षीया बालिकालाई ०८२ वैशाख १७ गते यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले धरान उपमहानगरपालिका-१६ का ४९ वर्षीय खगेन्द्र राईलाई असार १८ गते गिरफ्तार गरेको छ ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई असार १८ गते धरान उपमहानगरपालिका-१६ बाट अनुसन्धानका लागि गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय, धरानका डिएसपी वेदप्रकाश जवेगुले बताउनु भयो ।
पीडित बालिकालाई आरोपितले धरान उपमहानगरपालिका-१६ स्थित बहुभाषिक पाठशाला निर्माणका क्रममा ०८२ वैशाख १७ गते श्रमदान चलिरहेको अवस्थामा यौन दुर्व्यवहार गरेको आरोपमा आरोपितविरूद्ध असार १७ गते इलाका प्रहरी कार्यालयमा धरानमा उजुरी दिएको पीडित बालिकाका काकाले बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान घोपामा असार १७ गते गरिएको छ ।