रामनगर गाउँपालिका–४ की २३ वर्षीया मिरा कुमारी यादवलाई ०८२ असार ३ गते थप दाइजोको नल्याएको भन्दै कुटपिट गरेको आरोपमा पति २४ वर्षीय संजय कुमार यादव रसासु ४६ वर्षीया पवित्री देवी यादवविरुद्ध पीडितले असार १८ गते जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिएकी छन् ।
मिरा कुमारी र सञ्जय कुमार बीच ०८० जेठ १४ गते विवाह भएको थियो । विवाहमा १ लाख रुपियाँ नगद र एउटा इन्डियन नम्बर प्लेट भएको मोटरसाइकल दिएको बुबा ४४ वर्षीय महेन्द्र यादवले जानकारी दिनु भयो ।
थप दाइजो बापत नगद ५० हजार रुपियाँ र पलङ्ग सेट, दराज नल्याएको भन्दै आरोपितले मिरा कुमारीलाई गालिगलौज तथा कुटपिट गरी शारीरिक तथा मानसिक यातना दिने गरेको पीडितले बताउनु भयो ।
कुटपिटबाट घाइते भएकी महिलाको उपचार असार ४ गतेदेखि ५ गतेसम्म सर्लाही जिल्ला अस्पताल मलंगवामा भएको डा. नबल किशोर सिंहले जानकारी दिनु भयो ।
घटनापश्चात आरोपित पति, सासु फरार रहेकोले खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय मलंगवाका इन्स्पेक्टर बालिस्टर सिंहले बताउनु भयो ।