१६ वर्षीया बालिकालाई अपहरण तथा शरीर बन्धक बनाई बलात्कार गरेको आरोपमा प्रहरीले सुध्द्धोधन गाउँपालिका–३ का १९ वर्षीय सुरेन्द्र कहार र सोही ठाउँका ४० वर्षीय मोलहु कहार, ४५ वर्षीय विजय कुमार कहार र २६ वर्षीय नाम ठेगाना नखुलेका विरुद्ध पीडितले असार १६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेकी छन् ।
आरोपितहरुले बालिकालाई वैशाख २२ गते अपहरण तथा शरीर बन्धक बनाई बलात्कार गरेको आरोप उजुरीमा उल्लेख छ ।
घटनापछि आरोपितहरु फरार रहेकोले खोजी कार्य भइरहेकोे जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डिएसपी मोहनमणी अधिकारीले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण असार १६ गते कपिलवस्तु अस्पताल तौलिहवामा गरिएको छ ।