बहुविवाह गरेर फरार रहेका फेदाप गाउँपालिका-३, जलजलेका ३९ वर्षीय कुमार लिम्बुलाई प्रहरीले चार वर्षपछि पुस ५ गते गिरफ्तार गरेको छ ।
आरोपित लिम्बुकी पत्नी रमा कुरुम्बाङले ०७० सालमा प्रहरीमा बहुविवाह गरेको आरोपसहित आरोपितलाई कानुनी कारबाहीको माग गर्दै उजरी दिएकी थिइन् ।
रमाको उजुरीकै आधारमा जिल्ला अदालत तेह्रथुमले ०७० माघ २० गते बहुविवाहको कसुरमा लिम्बुलाई ११ महिना २ दिन जेल सजायका लागि फैसला गरेको थियो । गिरफ्तार लिम्बुलाई अदालत बुझाई सकिएको प्रहरीले जनाएको छ ।