INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले रामगोपालपुर नगरपालिका-६ का २२ वर्षीय राकेश सहनीलाई प्रहरीले असार १३ गते गिरफ्तार गरेको छ ।

पीडित युवतीलाई आरोपितले ०८२ असार ११ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा असार १३ गते उजुरी दिनु भएको थियो । प्रहरीले घटनाको अनुसन्धान गरी असार १५ गते मात्र उजुरी दर्ता गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर अशोक झाले बताउनु भएको छ ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई रामगोपालपुर बजारक्षेत्रबाट गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।

पीडितको स्वास्थ्य परीक्षण प्रादेशिक अस्पताल जलेश्वरमा असार १४ गते भयो ।

अन्य

भिडियो