१९ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले बलवा नगरपालिका-८ का २२ वर्षीय अमित सदालाई असार १४ गते गिरफ्तार गरेको छ ।
आरोपित सदाले ०८२ असार १४ गते राति शौचको लागि घर नजिकको बास घारीमा गएकी पीडित युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले असार १५ गते जिल्ला प्रहरी कार्यालय महोत्तरीमा उजुरी दिनुभएको छ ।
घटनाको जानकारी पाए लगत्तै आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका एसपी हेरम्ब शर्माले जानकारी दिनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण प्रादेशिक अस्पताल जलेश्वरमा असार १४ गते गरिएको प्रहरीले जनाएको छ ।