धनपालथान गाउँपालिका-५ की सात वर्षीया बालिकाको शंकास्पद अवस्थामा असार १४ गते शव फेला परेपछि प्रहरीले बलात्कारपछि हत्या आशंकामा ३६ वर्षीय काकालाई असार १४ गते गिरफ्तार गरेको छ ।
धनपालथान गाउँपालिका-५ स्थित दुर्गा आधारभूत विद्यालय नजिकै ०८२ असार १४ गते बालिकाको शंकास्पद अवस्थामा शव फेला परेपछि काकालाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी कोेपिला चुडाँलले बताउनु भयो ।
बालिकाका बाबुआमा काम विशेषले असार १२ गते भारततर्फ गएको र तीन जना छोराछोरीलाई हजुरआमा र काकालाई जिम्मा लगाएर गएको अनुसन्धानका क्रममा खुलेको डिएसपी चुडाँलले बताउनु भयो ।
दिदी भाइसँगै काकाको साथ लागेर सुतेकी सात वर्षीया बालिकाको शंकास्पद अवस्थामा शव फेला परेपछि अनुसन्धानका लागि काकालाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी नारायण चिमोरियाले बताउनु भयो ।
शवको पोष्टमार्टम असार १४ गते कोशी अस्पतालमा गरिएको छ ।
कोशी अस्पतालका फरेन्सिक विज्ञ डाक्टर दीक्षान्त पोखरेलले पोष्टमार्टम रिपोर्टपछि मात्र बलात्कारपछि हत्या हो होइन पुष्टि हुने बताउनु भयो ।
पीडित परिवारले असार १४ गते शव बुझी सद्गत गरेको छ ।