१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले १५ वर्षीय बालकलाई ०८२ असार १२ गते ६ वर्ष कैद सजायको फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश मनोज श्रेष्ठको इजलासले आरोपितलाई कसुर ठहर गर्दै ६ वर्ष कैद सजाय, २ लाख ५० हजार रुपियाँ जरिबाना, १० हजार रुपियाँ क्षतिपूर्ति र ७५ हजार रुपियाँ पीडित राहत कोषमा जम्मा गर्ने फैसला गरेको जिल्ला अदालतकी शाखा अधिकृत अमृता केसीले जानकारी दिनुभयो ।
आरोपितले पीडित बालिकालाई ०८० पुस १७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले पुस १८ गते प्रहरीमा उजुरी दिएको थियो । प्रहरीले आरोपितलाई पुस १७ गते गिरफ्तार गरेको थियो । पीडितको स्वास्थ्य परीक्षण पुस १७ गते बर्दिया अस्पताल, गुलरियामा गरिएको थियो ।